सद्‍गुरुसँग अन्तर्वार्ता गर्न भारत जाँदै राजेश हमाल

काठमाडौँ - आध्यात्मिक सेलिब्रिटी सद्‍गुरु र फिल्म अभिनेता राजेश हमाललाई दर्शकले अब एउटै स्क्रिनमा हेर्न पाउने भएका छन्।

भारतीय योग तथा आध्यात्मिक गुरुको निम्तोमा हमाल भदौ ९ गते भारतको तमिलनाडुस्थित कोइमबतुर प्रस्थान गर्नेछन् जहाँ उनले सद्गुरुसँग टक शो गर्नेछन्। यो प्रतीक्षित टक शो सद्गुरु आश्रममा हुनेछ।

भदौ ११ गते छायांकन हुने टक शोमा हमाल र सद्‍गुरुबीच नेपाल र भारतबीचको मित्रता, संस्कृति र अध्यात्म लगायत विषयमा कुराकानी हुनेछ। भीवाईएफ टक शोले योसँगै वैश्विक सेलिब्रिटीसँग ‘कन्भर्सेसन’ पनि थालनी गर्दैछ।

यो संवाद यात्राको सुरुवात हमाल र सद्‍गुरुबाट हुन लागेको भीवाईएफका प्रमुख दशरथ सुनारले जानकारी दिएका छन्।

धेरैअघिदेखि सद्‍गुरु र हमालबीचको संवादका लागि पहल भएको थियो। तर यसैसाता सद्‍गुरुले औपचारिक रुपमै हमाललाई संवादको निम्तो दिएका हुन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×