सेरेना विलियम्स युएस ओपनको तेस्रो चरणमा

काठमाडौँ - अमेरिकी स्टार सेरेना विलियम्स युएस ओपन टेनिस प्रतियोगिताकने तेस्रो  चरणमा प्रवेश गरेकी छिन्। विलियम्स गएराति सम्पन्न दोस्रो चरण अन्तर्गतको खेलमा इस्टोनियाकी एनिट कोन्टाभियटलाई २-१ को सेटले हराउँदै तेस्रो चरणमा प्रवेश गरेकी हुन्।

आर्थर एस स्टेडियममा विलियम्सले खेल ७-६ (७-४), २-६ र ६-२ ले आफ्नो पक्षमा पारिन्। उनले तेस्रो चरणमा अस्ट्रेलियाकी अजला टोमल्जानोभिचको सामना गर्ने छिन्। टोमल्जानोभिच  रसियन खेलाडी इभजेनिया रोडिनालाई १-६, ६-२ र ७-५ ले पराजित गर्दै तेस्रो चरणमा प्रवेश गरेकी हुन्।

दोस्रो चरण अन्तर्गतै अन्य खेलमा कोको गौफ, क्यारोलिन गार्सिया, म्याडिसन किज् र ओन्स जाबेउरले पनि जित हात पारेका छन्। जापानी स्टार नाओमी ओसाका भने अमेरिकी खेलाडी डेनियल कोलिन्ससँग ६-७(५-७) र ३-६ को सोझो सेटमा पराजित हुँदै पहिलो चरणबाटै बाहिरिएकी छिन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×