काठमाडौँ - श्रीधर अधिकारीको शब्द एवं संगीतमा ‘लाउन्न भो ज्यानमारा पिरती’ बोलको गीत सार्वजनिक भएको छ। चुनावी माहोलको समयमा सार्वजनिक यस गीतमा रचना रिमाल र रामहरि आचार्यले स्वर रहेको छ।
गीतलाई सुनिल परियारले एरेन्ज गरेका हुन्। गीता ढुंगाना र गायक रामहरि स्वयंम अभिनीत भिडियोलाई काजिश श्रेष्ठले कोरियोग्राफी एवं निर्देशन गरेका हुन्।
अजय रेग्मीको छायाँकन, दीपक विष्टको सम्पादन एवं कलरपश्चात भिडियो सार्वजनिक भएको हो। ‘राम जानकी ईन्टरटेन्मेट’को युट्युब च्यानलमा भिडियो हेर्न सकिन्छ। गीतले युट्युबमा राम्रो भ्युज पाइरहेको छ।