आन्तरिक पर्यटकलाई लोभ्याउँदै काभ्रेको ‘देउरालीडाँडा’

काठमाडौँ - काभ्रेको बनेपा नगरपालिका–३ टेङच्यो निजकैको देउरालीडाँडामा बनाएको पिङ खेलेर मनोरञ्जन लिनका लागि पछिल्लो समयमा आन्तरिक पर्यटकको आगमन बढ्न थालेको छ।

पहिला खाली रहेको देउरालीडाँडामा अहिले घरबास र पिङको मज्जा लिनका लागि पर्यकटकको घुईचो बढ्न थालेको हो। वरिपरिको हरियाली वनजङ्गलको माथि अग्लो डाँडामा बसेर स्वच्छ हावा खेलेर मनोरम हिमश्रृङ्खलाका दृश्यहरू नियाल्दै पछिल्लो समयमा पीङ खेलेर मनोरञ्जनसमेत लिन पाउने भएकाले देउरालीडाँडा सबैको रोजाईमा पर्ने गरेको यहाँ घुम्न आउने पर्यटकहरू बताउँछन्।

डाँडाकै वरिपरी खेतीपातीको सुन्दर दृश्यले रमाइलो देखिने देउरालीडाँडामा बनाएको पिङ प्वाइन्टले पछिल्लो आन्तरिक पर्यटक आकर्षित हुन थालेका हुन्। बनेपा बजारबाट करिब चार किलोमिटरको उत्तरपट्टि चण्डेश्वरी मन्दिर हुँदै सुमारा (साउरा) भञ्ज्याङ कटेपछि देउरालीडाँडामा पुग्न सकिन्छ। तामाङ, बाहुन र क्षेत्री समुदायको मिश्रित बसोबास रहेको सो स्थानबाट बनेपा, धुलिखेल, पाँचखाल र काठमाडौँ उपत्यकालगायतका ठाउँ सजिलैसँग देख्न सकिने भएकाले यहाँ आन्तरिक पर्यटकको आगमन बढ्न थालेको हो।

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रोशी गाउँपालिका–३ का हीरा लामाले ‘द देउराली होमस्टे (घरबास) एण्ड पिङ प्वाइन्ट’ सञ्चालन गरेर आधुनिक प्रकारको पिङ राखेपछि पछिल्लो समय देउरालीडाँडामा घुम्न आउने पर्यटकको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको बताइएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×