काठमाडौं कोटेश्वरका व्यापारी रामहरी श्रेष्ठको हत्याको अभियोग लागेका माओवादी पूर्वकमाण्डर कालीबहादुर खामलाई पूर्पक्षका लागि थुनामा पठाउन चितवन जिल्ला अदालतले आदेश दिएको छ ।
न्यायाधीश दयाराम ढकालको इजलासले खामलाई पूर्पक्षमा थुनामा पठाउन आदेश दिएको जिल्ला अदालत चितवनका श्रेस्तेदार विष्णुप्रसाद आचार्यले जानकारी दिए ।
सर्वोच्च अदालतबाट बुधबार मिसल आइपुगेपछि बिहीबार खामको बयान सुरु भएको थियो । वादीका तर्फबाट तीन र प्रतिवादी खामका तर्फबाट दुई जनाले बहस गरेपनि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । शुक्रबार अदालतले खामलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
१५ वर्षदेखि फरार रहेका खामलाई मंगलबार काठमाडौंको ठमेलबाट पक्राउ गरी चितवन अदालतमा पेश गरिएको थियो ।