किराँत एकेडेमी पुरस्कार घोषणा

काठमाडौँ - किराँत एकेडेमीद्वारा प्रदान गरिने किराँत एकेडेमी पुरस्कारका लागि गठित एकेडेमीको छनोट समितिद्वारा तेस्रो पुरस्कार घोषणा गरिएको छ। 

पुरस्कार प्रयोजनका लागि प्राप्त कृतिहरूमध्येबाट सात वटा कृति सूचीकृत गरिएकामा ती कृतिमध्ये यसपटक विप्लव ढकालद्वारा लिखित भोजपुरको वाङ्मय (वाङ्मयिक अनुसन्धान) र राजकुमार दिक्पालद्वारा लिखित आदिवासी विद्रोहको इतिहास (इतिहास ) लाई संयुक्तरूपमा पुरस्कृत गरिने निर्णय गरिएको छ। यसअघि यो पुरस्कार प्रथम पटक युग पाठकको उर्गेनको घोडा (उपन्यास) र दोस्रो पटक झलक सुवेदीको ब्रिटिस साम्राज्यको नेपाली मोहोरा (इतिहास अनुसन्धान) ले प्राप्त गरेका थिए। पुरस्कारको राशि रु ५० हजार रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×