काठमाडौँ - इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई हराएकाे छ। घरेलु मैदान इतिहाडमा भएकाे खेलमा सिटीले युनाइटेडलाई ६-३ गाेल अन्तरले पराजजित गरेको हो।
पहिलाे हाफमा ४ गाेल गरेकाे सिटीले दाेस्राे हाफमा थप २ गाेल गरेको थियो। सिटीकाे जितमा इर्लिङ हाल्यान्ड र फिल फाेडेनले ह्याट्रिक गरेका थिए। हाल्यान्डले खेलकाे ३४, ३७ र ६४ औँ मिनेटमा र फाेडेनले ८, ४४ र ७२ औँ मिनेटमा गाेल गरेका थिए।
युनाइटेडका लागि खेलकाे ५६ औँ मिनेटमा एन्टाेनीले गाेल गरेका थिए। यस्तै एन्थाेनी मार्सियलले खेलकाे ८६ औँ र दाेस्राे हाफकाे इन्ज्युरी समयमा गाेल गरेका थिए।
जितसँगै सिटीले ८ खेलमा २० अंक जाेडेकाे छ भने युनाइटेडकाे ७ खेलमा १२ अंक रहेको छ।