सुनसरी - कोशी गाउँपालिका–२ बस्ने राम किसुन मण्डलको घरमा बिहीबार दिउँसो आगलागी हुँदा अन्नपात, लत्ताकपडा लगायतका सामान जलेर करिब ९ लाख ३५ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
साथै उक्त आगो फैलिएर नजिकै रहेको अधिकलाल मण्डलको घरमा समेत आगलागी हुँदा करिब २ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।