उच्च तापक्रमका कारण प्रिमियर लिगमा अब ‘ड्रिङ्स ब्रेक’

काठमाडौँ - बेलायतमा उच्च तापक्रमका कारण यस सातादेखि प्रिमियर लिगका खेलहरूमा ‘ड्रिङ्स ब्रेक’ लागु गरिने भएको छ।

मौसम विभागले इङ्ल्यान्डको दक्षिणी र मध्य भाग तथा वेल्सका केही भागहरूमा उच्च गर्मी हुने चेतावनी दिएको छ। त्यहाँको तापक्रम ३७ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ।

इङ्लिस फुटबल लिगको नियमानुसार अहिले पनि मैदानको तापक्रम ३० डिग्री सेल्सियस वा सोभन्दा माथि हुँदा प्रत्येक हाफमा ‘ड्रिङ्स ब्रेक’ पाउनेछ।कोभिड १९ महामारीका कारण फुटबल संघले पहिलोपटक ‘ड्रिङ्स ब्रेक’को नियम लागु गरेको थियो। यो हप्ता बेलायतका केही भागहरूको तापक्रम ३० डिग्री सेल्सियसभन्दा माथि पुगिसकेको छ।

गत साता पनि प्रिमियर लिगमा वेस्ट ह्याम र म्यानचेस्टर सिटीबीचको खेलमा ‘ड्रिङ्स ब्रेक’ लिइएको थियो। त्यसअघि काराबाओ कप र कोभेन्ट्रविरुद्ध ब्रिस्टोल सिटीबीचको खेलमा पनि ‘ड्रिङ्स ब्रेक’ लिइएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×