सोमपाल कामी र विवेक यादव आज केन्या जाँदै

काठमाडौँ - दोस्रो चरणमा भिसा पाएका २ क्रिकेटर सोमपाल कामी र विवेक यादव आज केन्या जाँदैछन्। बिहीबारदेखि सुरु हुने टी-२० शृंखलाका लागि ११ खेलाडीसहित १४ जना मंगलबारै केन्या पुगिसकेका छन्।

तर भिसा नआएका ५ खेलाडीसहित ७ जना भने केन्या उड्न पाएनन्। मंगलबार राति सोमपाल र विवेकसहित म्यानेजर सुनिल महासेठको भिसा आएको थियो। बाँकीको भिसा आउन अझै बाँकी छ।

सोमपाल र विवेक आज कतार एअरलाइयन्सबाट केन्या प्रस्थान गर्ने क्यान सचिव प्रशान्त विक्रम मल्लले जानकारी दिएका छन्। ‘हिजो राति ३ जनाको भिसा आयो। त्यसमा सोमपाल र विवेक आज जाँदैछन्,’ मल्लले भने, ‘भिसा समयमा नआउँदा नेपाली खेलाडीहरु छुट्टाछुट्टै जानु परेको हो।’ अनलाइन आवेदन फारम भर्दा पनि कसैको छिटो र कसैको ढिला भिसा आएको उनले बताएका छन्।

नेपालले बिहीबार केन्यासँग पहिलो खेल खेल्ने तालिका रहेको छ। ‘आईसीसीबाट अप्रुभ खेल भएकाले यसअघिकै तालिका अनुसार खेल हुनेछ। सर्ने सम्भावना छैन’ केन्या क्रिकेट अध्यक्ष मनोज पटेलले भनेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×