निर्वाचनमा २ लाख ४६ हजार कर्मचारी खटाइँदै

काठमाडौँ - निर्वाचन आयोगले यही मंसिर ४ गत हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि २ लाख ४६ हजार कर्मचारी खटाउन लागेको छ। आयोगका अनुसार देशभर २२ हजार २ सय २७ मतदान केन्द्र तथा १ सय ४१ अस्थायी मतदान केन्द्र राखिने भएका छन्। यसैगरी करिब १० हजार ८ सय मतदान स्थल राखिन लागेका आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले बताए। उनका अनुसार कारागारमा अस्थायी मतदान केन्द्र राखिने भएको छ।

गत स्थानीय तहमा करिब २ लाख कर्मचारी परिचालन गरिएको थियो। यसपटक स्थानीय तहको तुलनामा करिब ५० हजार थप कर्मचारी खटाउन लागिएको अर्यालले बताए। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आयोगले माग गरेअनुसार आयोगलाई कर्मचारी पठाएको जनाएको छ। आयोगले आवश्यक ठाने संघ, प्रदेश तथा स्थानीय तहमा समायोजन गरिएका कर्मचारीहरू परिचालन गर्न सकिने कानुनमा व्यवस्था छ। यो संख्याले नपुगे शिक्षकहरूलाई समेत आयोगले कर्मचारीका रूपमा प्रयोग गर्न सक्छ। यसवटक शिक्षकहरूलाई समेत निर्वाचनमा खटाइएको सूचना अधिकारी अर्यालले बताए। निर्वाचनमा खटिने सबै कर्मचारीलाई आयोगले तालिम दिएको छ। 
नागरिक दैनिकबाट
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×