यू-१७ : बन्द प्रशिक्षणका लागि ४५ खेलाडी छनोट

काठमाडाैँ - यू-१७ राष्ट्रिय पुरुष फुटबल टोलीको बन्द प्रशिक्षणका लागि ४५ खेलाडी छनोट भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले शनिबार ४५ खेलाडी छनोट भएको जनाएको छ।

यसअघि एन्फाले देशभरका खेलाडीबाट पहिलो चरणमा ६० खेलाडी छनोट गरेको थियो। यू-१७ टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले ६० खेलाडीबाट बन्द प्रशिक्षणमा ४५ खेलाडी छनोट गरेका हुन्।

श्रीलंकामा आयोजना हुने साफ यू-१७ च्याम्पियनसिपमा नेपाल समूह 'बी' मा परेको छ। नेपाल रहेको समूहमा भारत र भुटान रहेको छ। श्रीलंकामा आयोजना हुने साफ यू-१७ आगामी सेप्टेम्बर ५ बाट हुनेछ। यस्तै,भियतनाममा हुने यू-१७ एसियन कप छनोट अक्टोबर १ देखि ९ सम्म हुनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×