आजको मौसम पूर्वानुमान

काठमाडौँ - हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज देशका पहाडी भू-भागका केही स्थानहरुमा आंशिक बदली रही अन्य भू(भागमा मौसम सामान्यतया सफा रहेको छ। 

आज दिउँसो  प्रदेश नं १ तथा गण्डकी प्रदेशका पहाडी  भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। राती  सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ।
 
तराई भू-भागमा हुस्सु लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×