५ असोज, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार आइतबार स्थानीय बजारमा सुकेको प्याजको मूल्य घटेको छ।
आज कालीमाटी बजारमा सुकेको प्याज प्रतिकिलो थोकमा न्यूनतम ३४ रुपैयाँदेखि अधिकतम ३६ रुपैयाँसम्म किनबेच भइरहेको छ भने औसत मूल्य ३४ रुपैयाँ कायम छ।
हिजो शनिबार प्याज प्रतिकिलो थोकमा न्यूनतम ३५–अधिकतम ३७ रुपैयाँमा किनबेच भएको थियो। दुई महिनाअघि भने प्याज प्रतिकिलो ४५–४७ रुपैयाँमा किनबेच भइरहेको थियो। व्यवसायीहरूका अनुसार आपूर्तिको आधारमा प्याजको भाउमा थोरै मात्रमा उतारचढाव देखिन्छ।