काठमाडौँ - रानी शाक्य र सुरेश लामाको स्वरमा 'भन मेरो माया' बोलको गीत सार्वजनिक भएको छ। सोमबार रानी शाक्यको युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो।
गीतको भिडियोमा अभिनेता पुष्प खड्का र अभिनेत्री पूजा शर्मालाई देख्न सकिन्छ। उनीहरू फिल्ममा एकसाथ नदेखिए पनि थुप्रै म्युजिक भिडिओमा काम गरिसकेका छन्।
यो गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ। यो म्युजिक भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन्। उत्सव दाहालले छायांकन गरेको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका छन्।