गण्डकी प्रदेशका मुख्यमन्त्रीबाट मटिहानीमा पूजाअर्चना

मधेश प्रदेशको सद्भावना भ्रमणका क्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज मटिहानीका धार्मिकस्थलको अवलोकन र पूजाअर्चना गरेका छन्।

तीन दिने भ्रमणको अन्तिम दिन आज मुख्यमन्त्री पोखरेलले मटिहानीस्थित श्री लक्ष्मीनारायण मन्दिरमा र रामायणकालीन लक्ष्मीसागर तलाउमा पूजाअर्चना गरेका हुन्। लक्ष्मीसागर तलाउ त्रेतायुगमा रामसीताको विवाहमा बेदी बनाउन माटो खनिएको पवित्र ठाउँ मानिन्छ। पहिले श्री लक्ष्मीनारायण मन्दिर पुगेका पोखरेलले भगवान लक्ष्मीनारायणको पूजाआराधना गरेका हुन्। त्यसअवसरमा मुलुकभरिकै मठहरुको नायक मठ श्री लक्ष्मीनारायण परिसरको अवलोकन पोखरेलले गरे। मुख्यमन्त्री पोखरेल लक्ष्मीसागर पुग्नुभई पवित्र तलाउको पूजा र आरतीमा सरिक भएका छन्।

सो अवसरमा मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल, मठका मानमहन्थ एवं साधुसन्त र उद्योगी व्यवसायीले मुख्यमन्त्री पोखरेलको हार्दिक स्वागत गरे। मटिहानी भ्रमणका क्रममा मुख्यमन्त्री पोखरेल विक्रम संवत् १७७५ मा स्थापना भएको हालको राजकीय संस्कृत माध्यमिक विद्यालयको अवलोकन गर्दै त्यहाँ बटुकहरुले नियमित आयोजन गर्दै आएका अखण्ड रुद्राभिषेकमा सरिक भएका छन्। भ्रमणका क्रममा उनले मटिहानीमा निर्मित अत्याधुनिक रङ्गशाला, अतिथिगृह, घण्टाघर र मटिहानी प्रवेशद्वारको अवलोकन गरेका छन्। मटिहानीस्थित नवनिर्मित रङ्गशाला गत मङ्सिर ६ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेका हुन्।

मुख्यमन्त्री पोखरेलसहितको भ्रमणटोलीका सदस्यलाई अतिथिगृहमा आयोजित एक समारोहबीच नगरप्रमुख मण्डलले हार्दिक स्वागत गर्दै दोसल्ला ओढाएर मायाको चिनो प्रदान गर्नुभयो ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×