सुदूरपश्चिमः थप  छ जनामा सङ्क्रमण

बैतडी । सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप छ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट ८८३ जनाको नमूना परीक्षण गर्दा छ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा चार, महाकाली र बैतडी जिल्ला अस्पतालमा एक÷एक जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै गएको २४ घण्टामा प्रदेशभर चार जनाले कोरोना जितेका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको  पनि मृत्यु भएको छैन । 

यसअघि बिहीबार यस प्रदेशमा आठमा सङ्क्रमण पुष्टि हुँदा पाँच निको भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६१२ जनाको ज्यान गइसकेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×