काठमाडौँ। मोहन खड्का, शान्ती श्री परियार, अलिफ खान र सुनिता बुढा क्षेत्रीको आवाज रहेको गीत 'फसे मायालु' सार्वजनिक भएको छ। गीतमा नेत्र अर्यालको शब्द रहेको छ भने मोहन खड्काको संगीत रहेको छ। त्यसैगरि कमल सौरागको संयोजन रहेको छ।
सुनिल क्षेत्रीको निर्देशनमा बनेको भिडियोमा उनीसँगै आयुष्मा कार्कीको अभिनय रहेको छ। गीतको भिडियो अलिफ खानको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो: