काठमाडौँ - नेपाल क्रिकेट संघ क्यानले नेपाली खेलाडीहरुको तलब बढाएको छ। मंगलबार सम्पन्न क्यानको बोर्ड बैठकले खेलाडीहरुको तलब बढाएको हो।
बोर्डले अप्रिल १ देखि लागू हुने गरी राष्ट्रिय क्रिकेट टिमका पुरुष तथा महिला खेलाडीहरुको तलब बढाएको हो। पुरक्ष खेलाडीको सेन्ट्रल कन्टयाक्टमा रहने सम्पूर्ण खेलाडीहरुको मासिक तलब १० हजार रुपैयाँले वृद्धि गरिएको छ। त्यस्तै महिला क्रिकेट टिमको ग्रेड सीमा रहेका खेलाडीको मासिक ५ हजार तथा ए र बी ग्रेडमा रहेका खेलाडीको मासिक ६ हजार रुपैयाँले वृद्धि गरिएको छ।
क्यानले सम्पूर्ण मैदान कर्मचारीहरुको मासिक तलब ३ हजारले, मैदान कार्यालय सहयोगीको मासिक पारिश्रमिक ५ हजार तथा टीयू मैदान क्युरेटरको मासिक पारिश्रमिक ६ हजार रुपैयाँले वृद्धि गरेको बताएको छ।
क्यानले संघको आफ्नै आधिकारिक लिग संचालन हुने भएकाले अन्य कुनै पनि लिगहरुलाई राष्ट्रिय मान्यता प्राप्त लिगको रुपमा मान्यता नदिने निर्णय गरेको छ। तर क्षेत्रीय लिगको संरचनामा संचालन गर्ने अवस्थामा अनुमति दिन सकिने जनाएको छ।