काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा सहभागी हुँदै छन्।
एमालेको महाधिवेशनका अवसरमा शुभकामना प्रदान गर्न प्रधानमन्त्री देउवा हेलिकोप्टरमार्फत् चितवन जाँदै छन्। प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ्गका अनुसार मध्याह्न १२ बजेर ४५ मिनेटमा प्रधानमन्त्री देउवा हेलिकोप्टरमार्फत् चितवन जान लागेका हुन्। उनी काठमाडौँबाट हेलिकोप्टरमा भरतपुरस्थित प्रहरी शिक्षालयमा ओर्लिनेछन्। कार्यक्रम शुरु भएपछि मात्रै देउवा मञ्च चढ्ने कार्यक्रम रहेको सीडीओ तामाङ्गले जानकारी दिए।
उनी करिब २ घण्टा कार्यक्रममा रहेर फर्किने बताइएको छ।