एन्फा अध्यक्ष र कतार फुटबल संघका अध्यक्षबीच भेटवार्ता

काठमाडौँ - अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङले कतार फुटबल संघका अध्यक्ष हमाद बिन खलिफा बिन अहमद अल थानीसँग भेटवार्ता गरेका छन्।

अध्यक्ष नेम्वाङले शनिबार दोहामा कतार एफएका अध्यक्ष हमादसँग भेटवार्ता गरेको एन्फाले जनकारी दिएको हो। भेटमा २ अध्यक्षबीच फुटबलका विषयमा विस्तृत छलफल भएको एन्फाले जनाएको छ।

कतार एफएले एन्फालाई गर्दै आएको सहयोग जारी राख्दै २ फुटबल संघबीचको समन्वय सम्बन्धलाई अझ बलियो बनाउन र विकासका क्षेत्रहरू खोज्ने विषयमा छलफल केन्द्रित रहेको एन्फाले जनाएको छ।

कतार भ्रमणमा रहेका एन्फा अध्यक्ष नेम्वाङलाई कतार एफएका अध्यक्षले मायाको चिनो प्रदान गरेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×