काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले यहि पौष १४ र १५ गते धनगढीमा गर्ने तय गरेको वार्षिक साधारणसभा स्थगित गरेको छ ।
क्यानले बिहिबार राति वार्षिक साधारणसभा स्थगित गरेको हो । केही जिल्लाको ४ वर्षे कार्यकाल पूरा भएको र जिल्लाहरुबाट अधिवेशन पश्चात मात्रै केन्द्रीय साधारण सभा हुने बताइएको छ । यस्तै क्यानले नयाँ मिति तय गरि साधारणसभा गर्ने जनाएको छ ।
वार्षिक साधारण सभा ९ब्न्ः० नेपाल क्रिकेट संघ मातहतका ३९ जिल्लाहरु मध्ये चार वर्षे कार्यकाल पूरा भएका केही जिल्लाहरूबाट जिल्ला अधिवेशन पश्चात मात्र केन्द्रीय साधारण सभा गर्नको लागि अनुरोध प्राप्त भएको हुँदा नेपाल क्रिकेट संघले राष्ट्रिय खेलकुद परिषद् र आईसीसीसँग समेत समन्वय गरी नेपाल क्रिकेट संघको आगामी बोर्ड बैठकबाट नयाँ मिति तय गर्ने गरी हाललाइ उक्त साधारण सभा स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छू क्यानले भनेको छ ।
बुधबारमात्रै क्यानका बोर्ड सदस्य ऋषि दाहालले क्यानको साधारण सभा वैधानिक नभएको बताउनुभएको थियो ।