काठमाडाैँ - नेपालले भुटानसँग खेल्दै आसन्न यू-१७ साफ च्याम्पियनसिपको सुरुवात गर्ने भएको छ।
दक्षिण एसियाली फुटबल महासंघलेले आइतबार सार्वजनिक गरेको तालिका अनुसार नेपालले प्रतियोगिताको पहिलो प्रतिद्वन्द्वीका रुपमा भुटानलाई पाएको छ। नेपाल र भुटान बीचको खेल सेप्टेम्बर ७ मा हुनेछ। सोही दिन बंगलादेश र माल्दिभ्सबीच पनि खेल हुनेछ।
नेपालसँगको खेलअघि सेप्टेम्बर ५मा भुटानले भारतको सामाना गर्नेछ। सोही समूह ए मा रहेका बंगलादेश र आयोजक श्रीलंका पनि भिड्ने छन्।
नेपालले समूम चरणको दोस्रो खेल भारतसँग सेप्टेम्बर ९ मा खेल्ने तालिका रहेको छ। सोही समूह ए को खेलमा श्रीलंका र माल्दिभ्स भीड्ने छन्। श्रीलंका हुने प्रतियोगिता सेप्टेम्बर ५ बाट सुरु भएको सेप्टेम्बर १४ सम्म चल्नेछ।
दुबै समूहका शीर्ष २ टिम सेमिफाइनल पुग्ने छन्। सेमिफाइनल सेप्टेम्बर १२ र फाइनल सेप्टेम्बर १४मा हुनेछ।