काठमाडौं । रिबन इन्टरटेनमेन्टद्वारा केहीअघि काठमाडौंमा सम्पन्न मिसेस नेपाल वर्ल्ड २०२३ का विजेताहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ ।
मिसेस नेपाल वल्र्ड २०२३ कि विजेता पृथ्विया थापालाई इलेक्ट्रिकल स्कुटर तथा अन्य गिफ्ट हृयाम्पर प्रदान गरिएको थियो । उक्त स्कुटर अटो नेपाल म्यागजिनका डाइरेक्टर रोसनकुमार श्रेष्ठले हस्तान्तरण गरेका थिए ।
त्यसैगरी मिसेस नेपाल वल्र्डकि फस्ट रनर्सअप आइना गजुरेल, सेकेण्ड रनर्सअप निशा विष्ट, थर्ड रनर्सअप सरु राज्यलक्ष्मी राणालगायत विजेतालाई विभिन्न पुरस्कार तथा गिफ्ट हृयाम्पर प्रदान गरिएको थियो ।
कोरियोग्राफर अश्विनीकान्त झाद्वारा सञ्चालित कार्यक्रममा मिसेस नेपाल इन्टरनेशनत सिर्जना केसीलाई यसुदाको टेलिभिजन, एमएस नेपाल इन्टरनेशन सीता सुवेदीलाई यसुदाको ओभन तथा मिसेस नेपाल वल्र्डको टप फ्यान सन्ध्या गैरेलाई भ्याकुम क्लिनर प्रदान गरिएको थियो ।
विजेताहरूलाई रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलका महाप्रबन्धक प्रतापबाबु तिवारी, बागमती प्रदेशकी सभासद हरिप्रभा खड्गी, कर्णाली प्रदेशकी सभासद जानकी सिंह, पत्रकार अखण्ड भण्डारी, व्युटी पेजेन्ट एसोसिएन अफ नेपालका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपति, ग्रामिण महिला विकास तथा एकता केन्द्रकी महासचिव ज्योत्सना साउद, समाजसेवी डा. भद्रा भण्डारी, अभिनेत्री सरिता लामिछानेलगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
रिबन इन्टरटेनमेन्टले एकै मञ्चमा मिसेस नेपाल वर्ल्ड(२०२३, मिसेस नेपाल इन्टरनेसनल-२०२३ र एमएस इन्टरनेशनल-२०२३ चयन गरेको थियो । मिसेस नेपाल वर्ल्ड-२०२३ पृथ्विया थापाले यही जनवरीमा अमेरिकामा हुने मिसेस वल्र्ड, मिसेस नेपाल इन्टरनेसनल सिर्जना केसीले सिंगापुरमा हुने मिसेस इन्टरनेशनल, एमएस नेपाल इन्टरनेसनल सीता सुबेदीले सिंगापुरमै हुने एमएस इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्ने आयोजकले जनाएको छ ।