काठमाडौँ - प्रसिद्ध हास्यकलाकार जोडी 'मह' (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य)को मुख्य भूमिका रहने फिल्म 'महापुरुष'को निर्माणको औपचारिक घोषणा भएको छ।
प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहने उक्त्त फिल्म सामाजिक विषयवस्तुमा आधारित रहेको जनाइएको छ। निर्देशक भट्टराईले यस फिल्म विशुद्ध सामाजिक विषयवस्तु रहेको र राजनीतिक लेनादेना नरहेको जानकारी दिएका छन्। उनले सन्तुलनमा बसिरहेको समाजलाई असन्तुलित बनाउन खोज्नेको कथावस्थुलाई फिल्मले समेटेको जानकारी दिएका छन्।
यसमा महजोडी सहित गौरी मल्ल, रविन्द्रसिंह बानियाँ र डेब्यु अभिनेता अरुण क्षेत्री मुख्य कलाकारका रुपमा रहनेछन्। फिल्म बैशाख दोस्रो साता देखि छायांकन हुने बताइएको छ।
रविन्द्रसिंह कार्यकारी निर्माता रहेको फिल्मका निर्माता दीपेश खत्री रहेका छन्। यी दुई जनाले निर्माण गरेको र फेस्टिभलमा चर्चा बटुलिसकेको फिल्म ‘डाकिनी’ पनि रिलिजको तयारीमा छ।