काठमाडौँ - रञ्जना पराजुली लम्सालको उपन्यास ‘आर्तनाद’ एक समारोहबीच सार्वजनिक गरिएको छ। काठमाडौंमा साहित्यिक पत्रकार संघले आयोजना गरेको कार्यक्रममा प्राज्ञ प्रा. दिनेशराज पन्तले कृति लोकार्पित गरेका हुन्।
कार्यक्रममा उपन्यास आर्तनादबारे उपन्यास समाजका अध्यक्ष शंकर भारतीले आफ्नो मन्तव्य राखे भने समालोचक लीला लुइँटेलले कृतिमाथि बोलेकी थिइन्।
कार्यक्रममा प्राज्ञ पन्तसहित राधेश्याम लेकाली, बाबुराम पौडेल, डा. दामोदर पुडासैनी किशोर, ललीता दोषी, रञ्जना पराजुली लम्सालले आ-आफ्नो मन्तव्य राखेका थिए।