काठमाडौँ - मेलियासको क्वालालम्पुरमा सोमबार भएको खेलमा नेपालले १३.१ ओभरमै जित हासिल गरेको छ। भूटानले दिएको ६७ रनको लक्ष्य नेपालले ६ विकेटको क्षतिमा पूरा गरेको हो।
नेपालका लागि सानु राजवंशीले ३०, साना प्रभीनले १२, श्रृष्टि जैसीले ८, आस्मा पुलामी मगरले ३, किरणकुमारी कुँवर र अलिषाकुमारी यादवले २/२ रन बनाए।
त्यस्तै, भुटानका लागि संग्या वाग्मोले ३, अञ्जुली घले र सोनामले १/१ विकेट लिए।
यसअघि भूटानका लागि नग्वाङ छोदेन र संज्ञा वाग्मोले ११/११ रन बनाए। अन्य खेलाडीले भने दोहोरो अंक जोड्न सकेनन्।
नेपालका लागि अनु कडायत, मनिषा उपाध्याय र कृतिका मरासनीले २/२ तथा स्नेहा महराले १ विकेट लिएका थिए।