पार्टीको महाधिवेशनको पूर्वसन्ध्यामा पूर्वराष्ट्रपति विद्या भण्डारीले कार्यकर्तामाझ स्पष्ट सन्देश दिएकी छन् । आन्तरिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूलाई नेतृत्वले रोक्ने प्रयास गरे पनि कार्यकर्तासँगै उभिने प्रतिबद्धता व्यक्त गरिन् ।
भण्डारीले पार्टीभित्र उत्पन्न भइरहेका विवाद र असन्तुष्टिका आवाजलाई सम्बोधन गर्दै, “मलाई नेतृत्वले रोके पनि तपाईँहरूसँगै हुनेछु,” भन्दै कार्यकर्ताको बल र समर्थन नै आफ्नो प्रमुख शक्ति भएको बताइन् ।
महाधिवेशन नजिकिँदो अवस्थामा उनीबाट आएको यस्तो भनाइलाई नेतृत्वप्रति असन्तुष्टि प्रकट गर्ने संकेतका रूपमा हेरिएको छ । पार्टीभित्रको भूमिकाबारे विभिन्न अड्कलबाजी भइरहेका बेला उनको अभिव्यक्ति राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ ।
उनको भनाइले महाधिवेशनमा देखिने शक्ति–सन्तुलन, समूहगत उर्जा र आगामी नेतृत्व चयनमा प्रभाव पार्ने विश्लेषकहरूको मूल्यांकन छ |