प्रेम गीत ३’को सुखद् ओपनिङ, पहिलो दिन नेपाल र भारतमा कति कमायो?

काठमाडौँ - शुक्रवारदेखि प्रदर्शनमा आएको बहुप्रतीक्षित नेपाली चलचित्र ‘प्रेमगीत ३’ले नेपाल र भारतमा सुखद् ओपनिङ गरेको छ। अन्य देशहरुमा पनि चलचित्रले राम्रो व्यापार गरेको छ।

प्रदर्शनको पहिलो दिन शुक्रवार चलचित्रले नेपालमा दुई करोड रुपैयाँको व्यापार गरेको हो। त्यस्तै, ‘प्रेमगीत ३’को हिन्दी संस्करणले भारतमा ९२ लाख भारु (नेपाली झन्डै डेढ करोड रुपैयाँ)को व्यापार गरेको चर्चित भारतीय समीक्षक तरण आदर्शले जनाएका छन्।

भारतमा ५ सय पर्दामा प्रदर्शनमा आएको चलचित्रले सिमित शोजहरूका बाबजुत पनि सुखद् व्यापार गरेको आदर्शले फेसबुकमा उल्लेख गरेका छन्। उनका अनुसार शुक्रवार भारतमा टिकट दर पनि कम थियो।

यस्तै, अमेरिका, क्यानडा, बेलायत, अष्ट्रेलिया लगायतका देशको व्यापार पनि जोड्दा चलचित्रले पहिलो दिन ७ करोड ७५ लाख नेपाली रुपैयाँभन्दा बढीको व्यापार गरेको बलिउड हंगामाले जनाएको छ।

चलचित्रले शनिवार अझ बढी ब्यापार गरेको वितरकहरूले बताएका छन्। नेपाली चलचित्र पहिलो पटक भारतीय वितकरले हिन्दी डबसहित विश्वबजारमा प्रदर्शनमा ल्याएका हुन्।

छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशन रहेको चलचित्रमा प्रदीप खड्का र क्रिस्टिना गुरुङ शीर्ष भूमिकामा रहेका छन्। साथमा, शिव श्रेष्ठ, सुनिल थापा, मनिषा राउत, अनु्भव रेग्मी लगाउतको अभिनय रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×