चलचित्र ‘आकासे खेती’ को पहिलो झलक सार्वजनिक

काठमाडौँ। चलचित्र ‘आकासे खेती’ को पहिलो झलक सार्वजनिक गरिएको छ। उदय सुब्बाको निर्देशनमा बनेको चलचित्र आगामी फागुन २७ गते प्रदर्शनमा आउने भएको छ। तिबब्तीयन शरणार्थीको कथा बोकेको चलचित्रमा गौरव पहारी, विल्सन बिक्रम राई ‘तक्के बुढा’, बुद्धि तामाङ ‘हैट’, नीता ढुङ्गाना, रविन्द्र झा, रमा लिब्बु, जयनन्द लामा, शिशिर बाङ्देल आदि कलाकारहरुको अभिनय रहेको छ। विल्सन बिक्रम राई ‘तक्के बुढा’को सम्वाद रहेको चलचित्र केदार उप्रेती, जीवन सुब्बा, राजेन्द्र चोङ्वाङ, दीलप्रकाश याक्सोले निर्माण गरेका हुन्। एसएस इन्टरनेशनल फिल्मस् र ताक्मे प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रलाई फिल्म जि.जि ग्रुपका करण श्रेष्ठले काठमाडौँ  र एफ.डि कम्पनीले काठमाडौँ बाहिर वितरण गर्नेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×