रचना रिमालको स्वरमा ‘मेरो माया लाग्छ कि लाग्दैन’ सार्वजनिक

काठमाडौँ - गायिका रचना रिमालको स्वर रहेको गीत ‘मेरो माया लाग्छ कि लाग्दैन’ सार्वजनिक भएको छ। डीपी दाहाल परिश्रमीको शब्द तथा मनोहर सुनामको संगीत रहेको गीत रीता सिंम्खडा दाहालले प्रस्तुत गरेकी हुन्।

आधुनिक शैलीमा निर्माण भएको गीतमा एउटी युवतीले आफूले मन पराएको केटालाई मनमा लागेको कुरा व्यक्त गरेकी छिन्। गीतको भिडियोमा भने कमलसिंह र पुजन घिमिरेको अभिनय रहेको छ।

गुरुआमा फिल्मस् प्रालिले निर्माण गरेको भिडियो स्मृति तिमिल्सिनाले निर्देशन गरेकी हुन्। भिडियोमा प्रकाश धमलाको सम्पादन, सुरेश श्रेष्ठको छायाङ्कन रहेको छ। 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×