धुर्काेटकाे शिक्षा क्षेत्रलगायत अन्य विकास कार्यमा हातेमालो गर्न तयार छु : मन्त्री झाँक्री

गुल्मी । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शिक्षालगायत धुर्काेटकाे विकासमा हातेमालो गर्ने बताएकी छन् ।

धुर माध्यमिक विद्यालय धुर्काेट गुल्मीकाे वार्षिकोत्सव समाराेह कार्यक्रममा मन्त्री झाँक्रीले धुर्काेटकाे शिक्षा क्षेत्रलगायत अन्य विकासका काममा आफूले हातेमालो गर्ने बताएकी हुन्।

उनले नेपालकाे शिक्षा नीतिलाई परिवर्तन गर्न आवश्यक रहेकाे मन्त्री झाक्रीकाे भनाइ छ ।

विद्यालयकाे सरंचना कस्ताे बनाउने भन्ने कुरा ठूलाे नभएकाे बताउँदै कक्षा कोठाकाे सिकाई, पढनपाठन कस्तो छ भन्ने कुरा महत्त्वपूर्ण भएकाे बताएकी छन् । विद्यार्थीहरुकाे भाेलिकाे शिक्षा कस्तो हुन्छ भन्ने कुराकाे ग्यारेन्टी कक्षा काेठाकाे सिकाईले नै गर्ने भएकाले शिक्षकहरुले सिकाईमा विशेष ध्यान दिनु पर्ने मन्त्री झाँक्रीकाे भनाइ छ ।

सरकारी विद्यालयहरुमा देशभर नै शिक्षककाे दरबन्दी अभाव रहेकाे भन्दै यसकाे व्यवस्थापन कसरी गर्न सकिन्छ भनेर सरकार गम्भीरतापूर्वक लागेकाे उनले बताइन् । अहिले म गर्न नसक्ने याेजना बाँड्दै हिड्न चाहन्न भन्दै मन्त्री झाँक्रीले भनिन्, `हिजाे कसैले बाेलेर जनताहरुलाई झुक्याएर काम नभएको उदाहरण भएकाले म काम गरेपछि मात्रै बाेल्ने छु ।´

'यस विद्यालयकाे भाैतिक र शैक्षिक सुधारमा मेराे भूमिका अवश्य रहन्छ' उनले भनिन् ।

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले धुर माध्यमिक विद्यालयमा नवनिर्मित ४ काेठे भवनकाे समेत शनिवार उद्घाटन गरेकी छन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×