सोलुखोला जलविद्युत् घटना छानबिनका लागि समिति

काठमाडौँ। सोलुखोला दूधकोसी जलविद्युत् आयोजनामा दुई इञ्जिनीयरको मृत्यु भएको घटनाबारे ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले छानबिन समिति गठन गरेको छ। मन्त्रालयले दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन आज सहसचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा एक छानबिन समिति गठन गरेको प्रेस विज्ञप्तिमार्फत जनाएको छ। 

यही पुस ११ गते आइतबार अपराह्न जडान गरिएको पेनस्टक पाइप परीक्षणका क्रममा भएको दुर्घटनामा इञ्जिनीयरद्वय अर्जुन थापा र सुवासराज रेग्मीको मृत्यु भएको थियो। मन्त्रालयले उनीहरूको निधनमा गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जलि तथा मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेको छ। उक्त दुर्घटनमा परेका घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ। मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालले जारी गरेको विज्ञप्तिमा दुर्घटनाबारे सत्यतथ्य पत्ता लगाई भविष्यमा यस किसिमका दुर्घटना दोहोरिन नदिनका लागि आवश्यक सुझावसहितको प्रतिवेदन पेश गर्न समिति गठन गरिएको उल्लेख  गरिएको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×