'लाहुरे'लाई  ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश

काठमाडौँ l चर्चित र्यापर आशिस राणा 'लाहुरे' लागूऔषध मामिलामा गत बुधवार पक्राउ परेका हुन् l अब अदालतले उनलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ l जिल्ला कास्की अदालतले उनी सहित समातिएका अन्य ३ लाई पनि अनुसन्धान गर्न आदेश दिएको हो l कास्की जिल्ला प्रहरीले आधिकारीक सामाजिक सञ्जाल खातामार्फत यो कुराको जानकारी दिएको हो l

लाहुरेसँगै ध्रुब बहादुर थापा , नबिन कुमार गुरुङ(बिक्की) र सुस्मिता गुरुङ गरि ४ जना पक्राउ परेका थिए l ब्राउन सुगर यानिकी खैरो हेरोइन खरिद गर्दै गर्दा समुह रङ्गे हात पक्राउ परेको हो l

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×