फ्राइडे रिलिज: आजबाट 'शमशेरा' प्रदर्शनमा

काठमाडौँ - ‘कबड्डी ४’पछि नेपाली बक्स अफिस सुख्खा भइरहँदा प्रतीक्षित बलिउड फिल्म ‘शमशेरा’ शुक्रबारबाट प्रदर्शनमा आएको छ। यशराज फिल्म्सले निर्माण गरेको फिल्ममा रणवीर कपुरको मुख्य भूमिका रहेको छ। फिल्मले ‘शोलो’ रिलिजको मौका पाएको हो।

शोलो रिलिज भएसँगै यस फिल्मले नेपाली मल्टिप्लेक्स हलहरूमा धेरै शो पाएको छ। नेपालकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले ‘शमशेरा’ लाई उपत्यका भित्र र बाहिर गरेर ३६ शो दिएको छ। त्यसैगरि, शमशेराले आज शुक्रवार कमलपोखरीस्थित बिग मुभिजमा १० वटा शो, चावहिलस्थित एफक्युबमा ९ शो, वान सिनेमाजले २० वटा शो र कमलादीको राइजिङ मलमा रहेको क्युज सिनेमामा ८ शो पाएको हो।

२ घण्टा ३९ मिनेट लामो फिल्मले आदिवासीको स्वतन्त्रता र सम्मानका लागि संघर्ष गर्ने पात्रको कथा भन्छ। काजा नामक १ काल्पनिक सहरको शासक सुद सिंहले आदिवासी योद्धालाई समातेर यातना दिन्छ र कैदमा राख्छ। यसविरुद्ध मुख्य पात्रले विद्रोह गर्छ।

फिल्ममा रणवीर शमशेरा र बल्ली नामक २ चरित्रमा प्रस्तुत भएका छन्। सुद सिंह अर्थात् खलपात्रको भूमिकामा सञ्जय दत्त छन् भने वाणी कपुर सोनाको रोलमा छन्।उनि रणवीरकी प्रेमिकाको भूमिकामा देखिएकी छिन्।

यस फिल्मको कथा सन् १८०० को दशकको अन्ततिरको घटनामा आधारित रहेको छ, जहाँ डैकत आदिवासीहरूले आफ्नो अधिकार र स्वतन्त्रताका लागि बेलायतीहरूसँग गरेको लडाई देखाइएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×