बार्सिलोना छाडेर पिएसजीमा जादै डेम्बेले

काठमाडौँ। फ्रेन्च विंगर उसमान डेम्बेलेले अन्तत:  बार्सिलोना छोड्ने तयारी गरेका छन्। डेम्बेलेलाई फ्रेन्च जाइन्ट पिएसजीले भित्र्याउने तयारी गरेको छ। बार्सिलोनाले डेम्बेलेका लागि २० मिलियन युरोको माग गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ। बार्सिलोना र पिएसजीले जनवरी विन्डोमै डेम्बेलेको विषय टुंगाउने बताइएको छ।


मिडिया रिपोर्टका अनुसार डेम्बेले पीएसजीसँग व्यक्तिगत सर्तहरूमा सहमत भइसकेका छन्। यस अघि डेम्बेलेलाई न्युक्यासल युनाइटेड, म्यानचेस्टर युनाइटेड, चेल्सी र टोटेनहमले पनि चासो  देखाएका थिए। डेम्बेले पीएसजी आएमा उनको लियोनल मेसीसँग पुनर्मिलन हुनेछ ।

दुवै खुट्टा चलाएर खेल्न सक्ने विश्वका कम फुटबलर मध्ये एक  २४ वर्षीय डेम्बेले बार्सिलोनामा आफ्नो सम्झौताको अन्तिम छ महिना अघि छोडेर क्लबलाई केहि रकम दिन चाहेको देखिएको छ। पीएसजीले डेम्बेलेलाई २० मिलियन युरोमा अनुबन्ध गरेमा बार्सिलोनाले नयाँ खेलाडी अनुबन्ध गर्न रकम उपलब्ध हुने छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×