निवर्तमान सभामुख झण्डामा, संवैधानिक अधिकार प्राप्त व्यक्ति नजरबन्दमा

काठमाडौं - नेपालको संविधानको धारा ९१ अनुसार सभामुखले आफ्नो कार्यकाल समाप्तिपछि सरकारी झण्डावाल गाडी प्रयोग गर्न पाइँदैन। तर प्रतिनिधिसभाका निवर्तमान सभामुख अग्निप्रसाद सापकोटा आज आयोजित समारोहमा झण्डा फहराएरै सरकारी गाडीबाट ओर्लिए। 

संविधान दिवसको अवसरमा टुँडिखेलमा आयोजित समारोहमा उनी सरकारी गाडीमा झण्डा फहराउँदै आएका थिए। निर्वाचन आयोगले जारी गरेको विज्ञप्तिअनुसार सापकोटा असोज एक गते मध्यरातबाटै निवर्तमान भइसकेका छन्। यस दृश्यले संवैधानिक अंगका पदाधिकारीहरुले निकै असहज महसुस गरे।

केही संवैधानिक निकायका पदाधिकारीहरु बिच प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरालाई इंगित गर्दै 'झण्डावाला गाडी प्रयोग गर्ने संवैधानिक अधिकार भएको व्यक्तिलाई निवासमै नजरबन्दमा राखेका छन्, अधिकार गुमिसकेका व्यक्ति झण्डा फहराउँदै हिँडेका छन्' भन्दै खासखुस समेत चलेको थियो। उनीहरु यसरी संवैधानिक अधिकार भएको व्यक्तिलाई नजरबन्दमा राखिने देशमा निवर्तमान भइसकेका सभामुखले झण्डा र डण्डा नछाड्नुलाई सामान्य मान्दै समारोहमा सामेल भएर फर्किए।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×