रिभर फल्स पावरको आइपिओ बिक्री खुला

काठमाडौँ – रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले बुधबारदेखि प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) को बिक्री खुला गरेको हो।

सर्वसाधारणका लागि कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अङ्कित दरमा २७ लाख ३० हजार कित्ता शेयर बिक्री गर्ने प्रयोजनका लागि दरखास्त आह्वान गरेको छ। कम्पनीका अनुसार कूल २७ लाख ३० हजार कित्ता शेयरमध्ये दुई प्रतिशत अर्थात ५४ हजार ६०० कित्ता कम्पनीका कर्मचारी र पाँच प्रतिशत अर्थात एक लाख ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याई बाँकी रहेको २५ लाख ३८ हजार ९०० कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×