गुट, उपगुटले कम्युनिष्ट आन्दोलन नै बरबाद हुन्छ : परराष्ट्रमन्त्री श्रेष्ठ

कास्की । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले समाजवादको आधार तयार पार्न परिर्वतनका उपलब्धिको रक्षा गर्नुपर्ने बताएका छन् ।

पार्टीको गण्डकी प्रदेश समितिले आज पोखरामा आयोजना गरेको प्रदेशस्तरीय राजनीतिक वैचारिक प्रशिक्षणमा उनले लामो सङ्घर्षपछि प्राप्त उपलब्धिको रक्षा गर्ने प्रमुख कार्यभार पूरा गर्दै समाजवाद उन्मुख लोकतन्त्र स्थापना गर्नु राष्ट्रिय आवश्यकता भएको बताए।

उनले लामो सङ्घर्षपछि भएको राजनीतिक उथलपुथलबाट राजनीतिक अधिकारसहित जनताको जीवनस्तरमा समेत सुधार भएको बताए । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने, ‘हामी अहिले समाजवाद उन्मुख चरणबाट गुर्जिरहेका छौँ । समाजवादको आधार तयार पार्न राजनीतिक परिर्वतन र उपलब्धिलाई माध्यम तथा साधन बनाएर सामाजिक आर्थिक रुपान्तरण गर्नुपर्दछ। विकास र समृद्धिमा फड्को मार्नु पर्दछ ।’

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×