प्रहरीले निर्देशक सुदर्शन थापासँग सोधपुछ गर्दै

काठमाडौँ। जबर्जस्ती करणीको आरोपमा जाहेरी परेपछि फरार रहेका अभिनेता पल शाहको खोजी कार्य भइरहेको छ। यसैबिच प्रहरीले चलचित्र निर्देशक सुदर्शन थापासँग सोधपुछ गरिरहेको छ। 

प्रहरीले तीन दिनसम्म पललाई फेला पार्न नसकेपछि उनको निकटहरूसँग सोधपुछ सुरु गरेको हो। सुदर्शन पल शाहको चलचित्र ‘म यस्तो गीत गाउँछु-२’ का निर्देशक हुन्। हाल थापासँग अहिले महानगरीय प्रहरी वृत्त बानेश्वरले सोधपुछ गरिरहेको छ। 

खबरका अनुसार शनिबार दिउँसो प्राइम टाइम्स टेलिभिजनमा अन्तर्वार्ता दिएपछी प्रहरीले सुदर्शनलाई लिएर गएको हो। थापासँग जानकारी लिनका लागि प्रहरीले उनलाई कार्यालयमा लागेको जनाईएको छ। अनुसन्धानका क्रममा थापा फरार आरोपीको  निरन्तर सम्पर्कमा देखिएपछि सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको समेत बताईएको छ।

गत बुधबार एक नाबालिका गायिकाले शाहविरूद्ध तनहुँ प्रहरीमा जबरजस्ती करणीको जाहेरी दिएकी थिइन्। जाहेरी दर्तापछि शाहविरूद्ध पक्राउ पूर्जी जारी गरिएको छ। शाहलाई खोज्न देशभरका प्रहरीलाई सर्कुलर गरिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×