दलहरुले आफुभन्दा माथि जनतालाई राखेर निर्णय लिन आवश्यक छ: सुनिता डंगोल

काठमाडौँ - काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सरकार र राजनीतिक दलहरुले आफूभन्दा माथि जनतालाई राखेर निर्णय लिन आवश्यक रहेको बताएकी छिन्। बुधवार भक्तपुरमा आयोजित नेपाल सम्वत ११४३ को अवसरमा शुभकामना आदानप्रदान एवं राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकमा माल्यार्पण समारोहमा बोल्दै उनले यस्तो बताएकी हुन्।

उनले नेपाल सम्वतको छुट्टै मौलिक महत्व र पहिचान रहेको भन्दै नेपाल सम्वतलाई व्यवहारमा लागू गर्न आवश्यक भएको बताइन्। उनले सरकारी कार्यालयहरूमा चलाउने डकुमेण्टहरुमा नेपाल संवत प्रयोग गर्न नसकेसम्म राष्ट्रिय संवत, राष्ट्रिय विभूतिको मान्यता दिएको अर्थ नरहने जिकिर गरिन्। उनले अहिलेका राजनीतिक दल र नेताहरुले राष्ट्रिय विभूति शंखधर साख्वाबाट धेरै कुरा सिक्न आवश्यक रहेको समेत बताइन्।

उनले भनिन्, ‘नेपाल संवतको छुट्टै मौलिक महत्व र पहिचान छ। संसारमा नै नभएको देशको नामबाट एउटै मात्र संवत हो नेपाल संवत। जनतालाई ऋण मोचन गरेर, जनतालाई सबैभन्दा प्राथमिकतामा राखेर शुरुवात भएको हाम्रो माटोको, मौलिक नेपाल सम्वत विशेष कार्यक्रम गरेर मनाइरहेका छौँ। राष्ट्रिय विभूतिको रुपमा मान्यता दिइसकेपछि हामीले लिखित रुपमा मात्रै होइन कार्यान्वयन गर्न व्यवहारमा लागू गर्न महत्वपूर्ण छ।’

उनले भनिन्- ‘हामीले चलाउने डकुमेण्टहरुमा जबसम्म नेपाल संवत प्रयोग गर्न सक्दैनौँ, तबसम्म यसलाई राष्ट्रिय संवत, राष्ट्रिय विभूतिको मान्यता दिएको अर्थ नहुन सक्छ। नेपाल संवत मनाइरहँदा राष्ट्रिय विभूतिबाट सिक्नुपर्ने धेरै पाठ छ । जनतालाई ऋण मोचन गरे झैँ आफू भन्दा माथि जनता भनेर सोच्न जरुरी छ।’

उपप्रमुख डंगोलले संसारमा नै नभएको देशको नामबाट एउटै मात्र संवत भनेको नेपाल सम्वत रहेकाले यसको संरक्षण गर्न आवश्यक रहेको बताइन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×