काठमाडौंमा कम भिजिबिलिटीका कारण हवाइ उडान ठप्प

काठमाडौं । काठमाडौंमा बाक्लो हुस्सुका कारण भिजिबिलिटी १०० मिटरमा झरेको छ ।

भिजिबिलिटी कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाइ उडान प्रभावित भएका छन् । सामान्यता उडानका लागि भिजिबिलिटि ३ हजार मिटर चाहिने भए पनि १ सय मिटरमा झरेपछि विमान अवतरण पनि हुन सकेका छैनन् ।

त्रिभुवन विमानस्थल टर्मिनल कार्यालयका अनुसार भिजिबिलिटी ह्वात्तै घट्दा आन्तरिक तथा बाह्य उडान हुन नसकेको हो । कुवेतबाट आएका जजिरा एयरलाइन्सका दुईवटा विमान सिमरामाथिको आकाशमा फन्को लगाइरहेको टर्मिन कार्यालयले जानकारी दिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहानैबाट देशभर बाक्लो हुस्सु र कुहिरो लागेको छ । पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र बिहार आसपासमा रहेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण पनि हुस्सु लागेको हो ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×