पिएसजीका गोलरक्षक वेस्ट ह्याममा अनुबन्धित

काठमाडौँ - इंग्लिस क्लब वेस्ट ह्याम युनाइटेडले फ्रान्स तथा पेरिस सेन्ट जर्मेन (पिएसजी) का गोलरक्षक अल्फोन्स एरोलालाई स्थायी खेलाडीको रुपमा अनुबन्ध गर्न सहमत भएको छ।

गत सिजन लोनमै वेस्ट ह्याममा रहेका गोलरक्षक एरोलालाई क्लबले ११ मिलियन पाउन्डमा क्लबमै राख्न सहमत भएको हो। प्रिमियर लिगमा एक खेलमा मात्रै मौका पाएका उनले युरोपा लिगमा वेस्टह्यामले सेमिफाइनलको यात्रा तय गर्दा उनले उच्च प्रदर्शन गरेका थिए।

२९ वर्षीय एरोलाले यस समरमा पिएसजी छोड्ने तयारी गर्दा युरोपका उत्कृष्ट क्लबहरुले उनलाई चासो देखाएका थिए।

एरोलाले वर्तमान नम्वर एक लुकाज फावियनस्कीसँग लामो समय प्रतिस्पर्धा गर्नुपर्ने छैन। ३७ वर्षीय फावियनस्कीको सम्झौता अर्काे सिजनसम्म बाकी रहेको छ। त्यसपछि उनी नै वेस्टह्यामको पहिलो रोजाई बन्नेछन्।

पिएसजीकै उत्पादन एरोला २००९ देखि सिनियर टोलीमा रहेपनि उनले वेस्टह्यामसँगै लेन्स, बास्टिया, भिल्ला रियाल, रियाल म्याड्रिड र फुलहमबाट खेलिसकेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×