यान्त्रिकीकरणले कृषि उत्पादनमा वृद्धि

काठमाडौँ - प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले कृषिमा यान्त्रिकीकरण गरी उत्पादन वृद्धि गराएको छ।

यान्त्रिकीकरणले कृषि गर्दा हुने खर्च घटेर समयसमेत बचत भएको कृषक रणेन्द्र चौधरीको अनुभव छ। परियोजनाले चक्लाबन्दीमा खेती गर्न सुरुआत गराएको छ। यान्त्रिकीकरणमार्फत खेती गर्दा गहुँ ३.७ मेट्रिक टन प्रतिहेक्टर सरदर उत्पादन भएको छ। अधिकतम गहुँ ५.५ मेट्रिक टन प्रतिहेक्टर उत्पादन भएको तथ्याङ्क परियोजनासँग छ। यान्त्रिकीकरण हुनुअघि २.९ मेट्रिक टन प्रतिहेक्टर मात्र गहुँ उत्पादन हुने गरेको थियो। यसैगरी तोरीको उत्पादन पनि ०.९ मेट्रिक टन प्रतिहेक्टरबाट बढेर १.३ मेट्रिक टन प्रतिहेक्टर पुगेको छ।

चालु आर्थिक वर्षमा चक्लाबन्दीमा पकेट/ब्लक/जोन सञ्चालनका लागि सहकारी र निजी क्षेत्रबाट माग सङ्कलन, सम्भाव्यता अध्ययन र कार्यान्वयनमा सहयोग गरिँदैछ। गहुँ बीज वृद्धि कार्यक्रम, चैते धानको क्षेत्र विस्तार, स्यालो ट्युबवेल जडान, धान बीज वृद्धि कार्यक्रम र जोन, सुपरजोन क्षेत्रमा कृषि यान्त्रिकीकरणलाई प्राथमिकतामा राखिएको छ।  प्रदेश र स्थानीय तहलाई परियोजनाले दिएको अनुदानबाट ब्लक र पकेट क्षेत्रमा तरकारी खेती भइरहेको छ। परियोजनामार्फत कैलाली जिल्लाका स्थानीय तहमा चालु आर्थिक वर्षमा रु. चार करोड ३६ लाख र सुदूरपश्चिम प्रदेशअन्तर्गत रु सात करोड ४५ लाख बजेट विनियोजन गरी काम भइरहेको छ। सङ्घीय सरकारबाट परियोजना एकाइ कार्यालयले भने रु. चार करोड ४९ लाखको कार्यक्रम सञ्चालन गरिरहेको छ। परियोजनाले कृषिमा यान्त्रिकीकरण गर्न अनुदानमार्फत कस्टम हायरिङ सेन्टर सञ्चालनमा ल्याएको छ।

गौरीगङ्गा नगरपालिका वडा नं ९ शङ्करपुरमा रहेको धनवर्षा कृषि सहकारी संस्था लिमिटेडको कस्टम हायरिङ सेन्टरमा ट्र्याक्टर, धान र गहुँका लागि प्रयोग गर्न सकिने थ्रेसरलगायत ११ वटा यन्त्र राखिएको छ। जसबाट ३८० जना किसानलाई सेवा दिन सकिएको सञ्चालक भानबहादुर ठगुन्नाले बताए। यन्त्रमार्फत खेती गर्दा लागतमा ४० प्रतिशत कमी आएको उनले सुनाए। परियोजनाले प्रदेशमार्फत उपलब्ध गराएको बजेटबाट गोदावरी नगरपालिका–८ मझगाउँमा तरकारी ब्लक कार्यक्रम सञ्चालन गरिएको छ। पचास प्रतिशत किसान र ५० प्रतिशत कृषि ज्ञान केन्द्रको लगानीमा तरकारी खेती गरिएको कृषि अधिकृत श्यामराज जोशीले सुनाए। तरकारी खेतीमा सहयोग पाउँदा किसान खुसी छन्।

मझगाउँ समन्वय कृषक समूहका अध्यक्ष चन्द्रप्रकाश चौधरी तरकारी खेतीले आयआर्जनमा सहयोग पुगको बताउँछन्। ज्ञान केन्द्रमार्फत टोलटोलमा एक–एक मिनीट्रेल वितरण गरिएको छ। यसबाट तरकारी गोडमेल गर्न सहज हुने कृषक चौधरीले बताए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×