काठमाडौँ - भारत र दक्षिण अफ्रिका विरुद्धको दोस्रो टी-२० खेलमा रोचक घटना भएको छ। खेलको दौरान मैदानमा सर्प प्रवेश गरेपछि खेल केहीबेर रोक्नु परेको थियो।
खेलमा भारतीय इनिङ्सको क्रममा आठौं ओभरमा सर्प मैदानमा प्रवेश गरेको थियो। जसका कारण खेल केही मिनेट रोकिएको थियो। त्यतिबेला रोहित शर्मा र केएल राहुल ब्याटिङ गरिरहेका थिए।
केशव महाराज आठौं ओभरको सुरुमा बलिङ गर्न आएका थिए। ओभर सुरु हुनुअघि दक्षिण अफ्रिकाका केही खेलाडीहरू मैदानमा सर्प रहेको जानकारी दिएका थिए।
त्यसपछि ग्राउन्ड स्टाफलाई फिल्डमा बोलाइएको थियो। खेल करिब ५ मिनेटसम्म रोकिएको थियो। त्यतिन्जेल खेलाडीहरूले अनौपचारिक पेय ब्रेक पाएका थिए।