राजस्थान बन्यो प्लेअफमा पुग्ने तेस्रो टोली

काठमाडौँ - चेन्नई सुपर किङ्सलाई ५ विकेटले हराउँदै राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको प्ले अफमा प्रवेश गरेको छ। शुक्रबार राति चेन्नईले दिएको १५१ रनको लक्ष्य राजस्थानले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गरेकाे थियाे।

राजस्थानको जितमा यासभी जैसवालले सर्वाधिक ५९ रन बनाए। चेन्नईका प्रशान्त सोलान्कीले २ विकेट लिएका थिए। यसअघि मुम्बईमा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १५० रन जोड्यो।

चेन्नईका मोइन अलिले सर्वाधिक ९३ रनको इनिङ खेलेका थिए। राजस्थानका युजभेन्द्र चाहल र ओबेड म्याककोएले समान २ विकेट लिए। जितसँगै राजस्थान १४ खेलबाट १८ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ। चेन्नई १४ खेलबाट ८ अंक जोडेर नवौँ स्थानमा रहेकाे छ।

 लखनउ सुपर जायन्ट र गुजरात टाइटन्स यसअघि नै प्लेअफमा  पुगिसकेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×