चलचित्र ‘के घर के डेरा’को शीर्ष गीत सार्वजनिक

काठमाडौँ - तिहारको अवसर पारेर कात्तिक ४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘के घर के डेरा’को शीर्ष गीत सार्वजनिक गरिएको छ। गीतमा काठमाडौंमा डेरा लिएर बस्नेहरूको पीडा व्यक्त गरिएको छ।

दीपेन्द्र के. खनाल निर्देशित चलचित्र ‘के घर के डेरा’ काठमाडौंमा घर हुने र डेरामा बस्नेको विषयवस्तुमा निर्माण भएको हो। सुव्रतराज आचार्य तथा डिपी खनालद्वारा रचना गरिएका गीतका शब्दहरु रमाइलासँगै यथार्थपरक छन्। गीतमा शंकर थापा स्माइलको स्वर तथा संगीत रहेको छ।

चलचित्रमा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रविन्द्र झा लगायतको शीर्ष भूमिका रहेको छ।

युवराज कार्की कार्यकारी निर्माता रहेको चलचित्रको निर्मातामा निर्मातामा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन छन्। चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×