प्रसूति गृहबाट २६ दिने शिशु चोरी

काठमाडौं - थापाथलीस्थित प्रसूति गृहबाट एक जना शिशु चोरी भएको भन्दै प्रहरीकहाँ उजुरी परेको छ । काभ्रेकी एक जना महिलाले जन्मदिएको २६ दिनको शिशु चोरी भएको भन्दै जिल्ला प्रहरी परिसर, काठमाडौंमा खबर गरेका थिए ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतका अनुसार, प्रारम्भिक जाँचमा एक जना महिलाले केहिवेर खेलाउने भनेर बोकेर शिशुलाई लिएर गायब भएको पाइएको छ ।

प्रहरीले सीसी टीभीको फुटेज हेरेर अनुसन्धान थालेको छ । ‘फुटेजमा एक जना महिला बच्चालाई बोकेर हिँडिरहेको देखिएको छ’, एक अधिकृतले भने । घटना शुक्रबार दिउँसो साढे १२ बजेतिरको हो । काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीले पनि शिशुको खोजी भइरहेको बताए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×