आफ्नी सासुबाट रणवीरले पाए साँढे दुई करोडको घडी उपहार

काठमाडौँ - आलिया–रणवीरको विवाहमा रणवीरकी सासुआमा सोनी राजदानले महंगो उपहार दिएकी छन्। भारतीय सञ्चार माध्यमले सोनीले रणवीरलाई २ करोड ५० लाखको घडी उपहार दिएको जनाएको छ। यो घडीलाई असाध्यै ‘स्पेशल’ र लिमिटेड अडिशनवाला घडी रहेको बताइएको छ।

गएको १४ अप्रिलमा रणवीर कपूर र आलिया भट्टले विवाह गरेका थिए। विवाह समारोहमा परिवार र  नजिकका साथीमात्र उपस्थित थिए। भारतीय सञ्चार माध्यमका अनुसार रणवीर र आलियाले फेरा लिएपछि एक अर्कासँग औँठी बदलेका थिए।

आलियालाई उपहारमा हिराको औँठी दिइएको थियो। फेरा लिएपछि परिवारका सदस्यले दुलाहा दुलहीलाई उपहार दिएका थिए। यही समयमा सोनी राजदानले रणवीरलाई घडी उपहार दिइकी थिइन्।

भट्ट परिवारले विवाहमा आएका पाहुनालाई ‘रिटर्न गिफ्ट’ को रुपमा पश्मिनाको सल दिएका थिए।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×