थापा र सुनामलाई भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान–२०७८

काठमाडौं - भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान–२०७८ प्रदान गरिएको छ। शनिबार राजधानीमा आयोजिक एक कार्यक्रममा भक्तराज आचार्य संगीत प्रतिष्ठान तथा सिटी एक्सप्रेस मनि ट्रान्सफरले सो सम्मान प्रदान गरेको हो। 

भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान–२०७८ गायिका तीर्थ कुमारी थापा र संगीतकार शुभ बहादुर सुनामलाई प्रदान गरिएको छ।  वाद्यवादक रुपेश सिंहलाई पनि सम्मान गरिएको छ। 

भजन शिरोमणि भक्तराज आचार्यको नाममा यो सम्मान प्रदान गरिएको हो। आचार्य करिब तीन दशकबाट जिव्रोको क्यान्सरका कारण गाउन सक्तैनन्। उनका छोराहरु सत्यराज आचार्य र स्वरुपराज २९ वर्षदेखि नेपाली सुगम संगीतमा क्रियाशील रहेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×